Like us!
Follow us!
Connect us!
Watch us!

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

अर्थ संसार

आइतबार, २३ असार २०८१, १२ : ४८ मा प्रकाशित

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्‌बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन्।

आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे।

प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको बताएका छन्। प्रधानमन्त्री दाहालले सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन्।

प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अनुरोध पनि गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको