Like us!
Follow us!
Connect us!
Watch us!

तिमीले पराई ठानेपछि, पराई हुन के भयो र : महेश बर्तौला

अर्थ संसार

सोमबार, २४ असार २०८१, १३ : ०३ मा प्रकाशित

तिमीले पराई ठानेपछि, पराई हुन के भयो र : महेश बर्तौला

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको बताएका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे । 

उनले दुई दलबिचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको पनि बताए । 

‘सिङ्गो देशको सङ्कट मोचन गर्न कांग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको हो’, उनले भने,  ‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।’  ‘वर्तमान सरकारलाई एमालेले दिएको समर्थन असार १९ गते फिर्ता लियौँ । समर्थन फिर्ता सँगै एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो’, 

राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानको एउटा गित गाएको र आफु पनी प्रधानमन्त्रीलाई गीत सुनाउन चाहने भन्दै बर्ताेलाले अन्जु पन्तको गित संसदमै गाएका छन् ।

उनले ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? ’बोलको गीत गाउँदै प्रधानमन्त्रीले सँगै बसौँ र सरकारलाई विकास सम्मृद्धिको पथमा अघि बढाउन एमालेले चाहे पनि प्रधानमन्त्रीले अर्को दाउपेचको खेलेको आरोप समेत लगाए । 

‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको शैलीको मारमा एमाले पर्‍यो । त्यही भएर हामी बाहिरियौ’, उनले भने, ‘कांग्रेस एमाले साथीको खोजीमा रहेका थिए । दुवै दलहरूले देशको सङ्कटबाट निकास दिनुपर्छ भनेर समझदारी गर्‍यौ ।’ उनले नयाँ समझदारीपछि केही समीक्षा भएको भन्दै प्रधानमन्त्रीले कहिले कांग्रेस र कहिले एमालेलाई गैँडाले चाटेजस्तो गरेको टिप्पणी गरे । 

त्यसक्रममा बर्तौलाले फायल खोल्ने भनेर केही मन्त्री र नेताहरूले धम्की दिएको भन्दै फायल खोलेर देखाउन चुनौती दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको