Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले,भन्छन्--’अहिले म कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन’

अर्थ संसार

आइतबार, २१ पुस २०८१, १० : ३२ मा प्रकाशित

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले,भन्छन्--’अहिले म कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन’

नेपाल प्रहरीको सेवाबाट अवकाश पाएपछि नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

फेसबुकमा स्ट्याटस राख्दै उनले अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’ उनले अगाडी लेखेका छन् ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ ,म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।’

३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी २०७९ असोज ६ गते एमाले प्रवेश गरेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको