सत्तारुढ प्रमुख घटक नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा केही बेरअघिबट बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसायिम राजनीतिक परिवेशबारे ब्रिफिङ गर्ने छन् । त्यस्तै राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा ३५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी छन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस