Like us!
Follow us!
Connect us!
Watch us!

प्रमुख सत्तारुढ दल नै सडकमा,ट्राफिक अस्तव्यस्त हुँदा सर्वसाधारणलाई सास्ती

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, १२ : ०६ मा प्रकाशित

प्रमुख सत्तारुढ दल नै सडकमा,ट्राफिक अस्तव्यस्त हुँदा सर्वसाधारणलाई सास्ती

सत्तारुढ दल एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाकामा सडक अस्तव्यस्त बनेको छ । 

केपी शर्मा ओली नेतृत्वको पार्टीकै कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीकै कारण आज काठमाडौं उपत्यकाका सडक अस्तव्यस्त बनेका हुन् । शुक्रबार कार्यालय समयमा घरबाट निस्किएका काठमाडौंवासीले सवारीसाधनको आवतजावत ठप्प हुँदा दुःख पाएका छन् ।

घण्टौं जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफै सत्तामा बस्ने अनि आफै जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् ।

एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा सभा गर्दै छ । जनसभालाई आज दिउँसो साढे एक बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने तयारी गरिरहेको छ । पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई तटस्थ विश्लेषकहरूले भने बेतुकको ठानेका छन् । सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको