सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।
ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने केन्द्रीय प्रचार विभागले जनाएको छ ।
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए।
प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस