Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाका मन्त्रीहरूलाई बर्तौलाको प्रश्न : गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

अर्थ संसार

सोमबार, २४ असार २०८१, १३ : ३२ मा प्रकाशित

रास्वपाका मन्त्रीहरूलाई बर्तौलाको प्रश्न : गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए  ।

गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि उनले प्रश्न गरे । साथै, दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेको उनले टिप्पणी गरे ।

उनले मन्त्रीहरुलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको