Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ११ : ०१ मा प्रकाशित

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको