Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्र रहने

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १२ : ४७ मा प्रकाशित

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्र रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने निर्णय गरेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।
आफूलाई निलम्बन गरेपछि ढकालले भने आफूलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको