Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने क्लबबाट निष्कासित भएँपनी घण्टी बज्न रोकिदैनःमुकुल ढकाल

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १४ : २७ मा प्रकाशित

रवि लामिछाने क्लबबाट निष्कासित भएँपनी घण्टी बज्न रोकिदैनःमुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेपछि डा.मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि प्रतिक्रिया दिदै ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन् । उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका छन् ।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको