Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अर्थ संसार

बुधबार, २६ असार २०८१, ११ : ५२ मा प्रकाशित

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  प्रतितोला  १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य भने १५ रुपैँयाले घटेको छ ।  मंगलबार १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको