नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिलको आईपीओ बुक विल्डिङ प्रणालीमार्फत ल्याउने योजना हाललाई स्थिगित गर्ने तयारी भएको छ। रिलायन्सको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि सेबोनले रोक्ने तयारी गरेको हो । यसबारे बोर्ड बैठकमा छलफल भईरहेको छ । बैठकले रिलायन्सको आईपीओ निष्कासन प्रक्रियालाई तत्काल रोकी रिभ्यू गर्नसक्ने सम्भावना बढी देखिन्छ ।
रिलायन्सले यसअघि बुक विल्डिङ प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरिसकेको थियो। तर, सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि तयार पारिएको वित्तीय विवरणमा प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानीमा ठूलो अन्तर देखिएपछि लेखा समितिले बोर्डलाई एक हप्ताभित्र स्पष्टता माग गरेको थियो।
लेखा समितिले वित्तीय विवरणमा म्यानुपुलेशन भएको आरोप लगाउँदै जबाफ माग गरेको थियो। रिलायन्सको आईपीओ लामो समयदेखि विद्युत महशुल बक्यौता विवादका कारण रोकिएको थियो। नयाँ अध्यक्ष र कार्यकारी निर्देशक मक्तिनाथ श्रेष्ठको निर्देशनमा आईपीओ स्वीकृत भएको थियो। तर, पछिल्लो वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण आईपीओ विवादमा परेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस