Like us!
Follow us!
Connect us!
Watch us!

अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने

अर्थ संसार

बुधबार, २६ असार २०८१, १७ : १२ मा प्रकाशित

अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने

इसमार प्लेटफर्मका प्रयोगकर्ताहरूले अब सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने भएको छ । प्रयोगकर्ताहरूले इसमार प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आवश्यकता अनुसार पैसा लोड गर्न र भुक्तानी गर्न सक्ने भएको हो ।

यस नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गरेको छ । जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपने आवश्यकतालाई घटाउन मद्दत गर्छ ।

वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तक्तहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको