Like us!
Follow us!
Connect us!
Watch us!

१९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने

अर्थ संसार

बुधबार, २६ असार २०८१, १७ : २४ मा प्रकाशित

१९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने

नेपाल राष्ट्र बैंकले हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ । बुधबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपार्टमा राष्ट्र बैंकले यस्तो तथ्यांक उल्लेख गरेको हो ।

अघिल्लो वर्ष २०७९ /०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर २०८०/०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको