Like us!
Follow us!
Connect us!
Watch us!

चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ४ खर्बले बचतमा

अर्थ संसार

बुधबार, २६ असार २०८१, १७ : ३३ मा प्रकाशित

चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ४ खर्बले बचतमा

चालु आर्थिक वर्ष २०८०/०८१ मा चालु खाता २ खर्ब ३९ करोड र शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा रहेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अघिल्लो वर्ष यस अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । शोधनान्तर स्थिति भने दुई खर्ब २४ अर्ब ९० करोडले बचतमा थियो ।

चालु आर्थिक वर्षको जेठ मसान्तमा चालु खाता एक अर्ब ५१ करोड अमेरिकी डलरले बचतमा रहेको हो । शोधनान्तर स्थिति तीन अर्ब २० करोड अमेरिकी डलरले बचतमा छ ।

पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड थियो । त्यस अवधिमा वैदेशिक लगानी चार अर्ब ६५ करोड थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको