Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदै,विश्वासको मत नपाउने निश्चित

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, ०७ : ३३ मा प्रकाशित

प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदै,विश्वासको मत नपाउने निश्चित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। विश्वासको मतका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। 

नेकपा एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिए संगै प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने तय गरेका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति पछ्यात केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। 

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । प्रचण्डसँग माओवादी ३२ र समर्थन गर्छु भनेका रास्वपासंग २१ र एकीकृत समाजवादीसंग १० गरि केबल ६३ मत मात्र देखिन्छ । तेसैले प्रचण्डले विश्वासको मत नपाउने निश्चित देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको