Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोले दुई यात्रुबस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६३ जनाको खोजी तथा उद्धारकार्य जारी

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, ०७ : ५८ मा प्रकाशित

पहिरोले दुई यात्रुबस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६३ जनाको खोजी तथा उद्धारकार्य जारी

चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६३ जना रहेका बताइएको छ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए। उद्धारका लागी पहिरो पन्छाउन सुरु गरिएको छ।

बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको