Like us!
Follow us!
Connect us!
Watch us!

सुरु भयो मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार

अर्थ संसार

शनिबार, २९ असार २०८१, १६ : २४ मा प्रकाशित

सुरु भयो मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार

मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पश्चात् मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि २३६ ओटा शाखा रहेका उक्त लघु वित्तको सदस्य संख्या २ लाख १६ हजार, ऋणी संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन चार अर्ब पुग्ने छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मिश्रले नेपाल राष्ट्र बैंकको निर्देशन तथा उद्देश्य अनुरुप दुई कम्पनी मर्जर भई लघुवित्त संस्थाहरु मध्ये उत्कृष्ट, सवल तथा अग्रणी संस्था हुन सुझाव दिए। 

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष एवं अग्रज अभियान्ता डा बद्री के.सी., लम्कीचुहा नगरपालिकाका प्रमुख शुसीला शाही, साविक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्ष मनिष अर्याल र संयुक्त र्मजर समितिका संयोजक शम्भु प्रसाद घिमिरेले नयाँ बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रभावकारी लघुवित्त सेवा प्रदान गर्नुपर्ने बताए । 

कार्यक्रममा साविकका किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरुलाई प्रमुख अतिथि तथा सञ्चालक समितिका अध्यक्षबाट सम्मान पत्र प्रदान गरिएको थियो । सञ्चालक समितिका सदस्य विमला योगीले स्वागत मन्तब्यबाट शुभारम्भ भएको  कार्यक्रम अशोक आचार्यले सञ्चालन गरेका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको