Like us!
Follow us!
Connect us!
Watch us!

ओली नेतृत्वको नयाँ सरकारका सबै मन्त्रीले लिए शपथ

अर्थ संसार

सोमबार, ३१ असार २०८१, १३ : २५ मा प्रकाशित

ओली नेतृत्वको नयाँ सरकारका सबै मन्त्रीले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूले पद तथा गोपनियताको मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए ।

मन्त्रीहरु

पृथ्वी सुब्बा गुरुङ : सञ्चार मन्त्री
रमेश लेखक : गृह मन्त्री
शरदसिंह भण्डारी : श्रम मन्त्री
डा आरजु राणा : परराष्ट्र मन्त्री
प्रदिप यादव : खानेपानी मन्त्री
बलराम अधिकारी : भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री
दामोदर भण्डरी : उद्योग मन्त्री
नवल किशोर साह सुडी : महिला बालबालिका तथा समाजकल्याण मन्त्री
देवेन्द्र दाहाल : भौतिक पूर्वाधार मन्त्री
तेजुलाल चौधरी : युवा तथा खेलकुद मन्त्री
प्रदीप पौडेल : स्वास्थ्य मन्त्री
अजय कुमार चौरसीया : कानुन मन्त्री
बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री
रामनाथ अधिकारी : कृषि मन्त्री
विद्या भट्टराई : शिक्षा मन्त्री
मानवीर राई : रक्षा मन्त्री
दीपक खड्का : उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री
राजकुमार गुप्ता : संघीय मामिला मन्त्री
ऐन बहादुर शाही : वन मन्त्री

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको