Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनमाथि सीआईबीले सुरु गर्यो रिलायन्सको आइपीओ स्वीकृतबारे अनुसन्धान

अर्थ संसार

सोमबार, ३१ असार २०८१, १९ : १७ मा प्रकाशित

सेबोनमाथि सीआईबीले सुरु गर्यो रिलायन्सको आइपीओ स्वीकृतबारे अनुसन्धान

नेपाल धितोपत्र बोर्डमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । सीआईबीमा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ महँगो मुल्यमा सर्वसाधारणलाई फसाउने गरि स्वीकृति दिएको भन्दै सेबोन विरुद्ध उजुरी परेपछि ब्युरोले अनुसन्धान अगाडी बढाएको हो। 

ब्युरोले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाईसकेको बुझिएको छ। पत्रमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरा भने बाहिर आएको छैन। तर उजुरीमा  रिलायन्स स्पिनिङ मिल्सले किर्ते अडिट रिपोर्ट बनाएर लगानीकर्तालाई फसाउन खोजेको र बोर्डले पनि त्यस कुरालाई सहजीकारण गर्देको भन्दै उजुरी परेको बुझिएको छ। 

बोर्डले स्वीकृति दिएको केहि दिनमा मिल्सले आफ्नो नाजुक अवस्थाको वित्तीय विवरण सार्वजानिक गरेपछि बोर्ड र यस कम्पनीको सेटिंङ्ग साधारण सेयर स्वीकृत गरिएको अनेक आशंका र उक्त कम्पनीको साधारण सेयर रोक्न चर्को माग उठेको थियो। 

संसदको पनि लेखा समितिले समेत बोर्डसँग कम्पनीलाई आइपीओ स्वीकृत दिनुको कारणसहित स्पष्टिकरण माग गरेपछि यस कम्पनीको साधारण सेयरलाई दिएको स्वीकृति हाललाई स्थगन गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको