फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ ।
न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन् । क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन् । न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन् ।
फैसला पछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिए । उनले भनेका छन्- 'यस फैसलाले सबै राजनीतिक आक्रमणहरू समाधान गरेको छ जुन मेरा राजनीतिक विरोधीहरूको म विरुद्ध चुनावी षड्यन्त्र थियो ।'
ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढंगले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । यसबाहेक ट्रम्पमाथि ती कागजातहरू फिर्ता गर्न एफबीआईको प्रयासमा अवरोध गरेको आरोप पनि लगाइएको छ ।
यसबाहेक ट्रम्पमाथि आठ विभिन्न आरोप लगाइएको थियो । यी अभियोगहरूमा न्यायमा बाधा पुर्याउने षड्यन्त्र, कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने समावेश छन् । तर, ट्रम्पले आफूलाई सबै आरोपबाट निर्दोष घोषणा गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस