Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, ०७ : ४१ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्य र प्रमुख अतिथि कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामी ले प्रत्यक्ष सेवा लिन पाउने भएकोले कार्यक्रमको धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको