Like us!
Follow us!
Connect us!
Watch us!

परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, २१ : ४४ मा प्रकाशित

परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई

भारतका विदेशमन्त्री डा. एस जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भारतका विदेशमन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको