Like us!
Follow us!
Connect us!
Watch us!

परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्दै

अर्थ संसार

सोमबार, ०३ भदौ २०८१, ०९ : १० मा प्रकाशित

परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्दै

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्दैछिन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् ।

भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ ।

आइतबार नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग  श्रीवास्तवले स्वागत गरेका थिए ।

आजै राणाले भारतीय  विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्री जयशंकरको  निमन्त्रणामा उनी भारत भ्रमणमा  गएकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय  विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछिन्। दुई देशबीचको हितका लागि  सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आफ्नो पाँच दिने भरत भ्रमण सकेर राणा विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको