Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा बुधबार पनि नयाँ रेकर्ड,एक तोला सुन किन्न डेढ लाख चाहिने

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, १० : ४५ मा प्रकाशित

सुनको मूल्यमा बुधबार पनि नयाँ रेकर्ड,एक तोला सुन किन्न डेढ लाख चाहिने

नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड  कायम गरिरहेको छ । सुनको मूल्य असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन  प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
मंगलबार  तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १ सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । ्

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको