Like us!
Follow us!
Connect us!
Watch us!

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार  ?

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ११ : २१ मा प्रकाशित

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार  ?

सुनको मूल्य रेकड बिन्दुबाट घटेको छ ।  लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको सुन  साउन २ गते अर्थात बुधबार २ हजार रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनाएको छापावाला सुन आज भने ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 बिहीबार प्रतितोला तेजाबी सुन प्रतितोला  १ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको