Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा २ हजारले घट्यो सुनको मूल्य

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ११ : ०३ मा प्रकाशित

तोलामा २ हजारले घट्यो सुनको मूल्य

साताको अन्तिम कारोबार दिन नेपाली बजारमा शुकबार सुनको मूल्य घटेको छ । बिहीबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन  प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको