Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगहरूमा काटिएको बिजुली लाइन तत्कालै जोड्न प्रधानमन्त्रीको निर्देशन

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, २३ : ०१ मा प्रकाशित

उद्योगहरूमा काटिएको बिजुली लाइन तत्कालै जोड्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली तत्काल जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितलाई बोलाएर लाइन काटिएका उद्योगमा तत्काल जोडिदिन उनले निर्देशन दिएको स्रोतले बताएको छ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै केही उद्योगमा लाइन काटेको छ। यसमा विषयमा विवाद रहेको र न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा विवाद सुझाउन सरोकारवालाले आग्रह गरेका छन्। यो समयमा प्राधिकरणले बत्ती काटेपछि उद्योगीहरू रूष्ट बनेका थिए।

शुक्रबार प्रधानमन्त्री ओलीले उद्योगमन्त्री दामोदर भण्डारी, ऊर्जामन्त्री दीपक खड्का, कार्यकारी निर्देशक घिसिङ र उद्योगीहरूका तर्फबाट पशुपति मुरारका र अमित मोर लगायतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले कुनै पनि बाहना नगरी लाइन जोड्न भनेको सहभागीहरूले बताएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने प्राधिकरण बोर्ड बैठकबाट निर्णय लिने प्रतिबद्धता जनाएको पनि छलफलमा सहभागीले बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको