Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, ११ : १८ मा प्रकाशित

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार २ हजार रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुकबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको