Like us!
Follow us!
Connect us!
Watch us!

फुटपाथ विस्तारको बिरोधमा वडाअध्यक्ष चिनीकाजी, सडकमै टेबुल कुर्सी राखेर काम

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १२ : ३१ मा प्रकाशित

फुटपाथ विस्तारको बिरोधमा  वडाअध्यक्ष चिनीकाजी, सडकमै टेबुल कुर्सी राखेर काम

 न्युरोडको फुटपाथ विस्तारको बिरोधमा काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्षले सडकबाटै काम थालेका छन् ।
 २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् ।

उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको बताए ।

धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् । फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै उनले अस्थायी कार्यालय स्थापना गरेका हुन् ।

गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयसँगै ३२ वटै वडाका केही वडाध्यक्षहरुको विरोध पछि काम अवरुद्ध भएको छ। तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको  दबाबमा हटाइएको छ। 

शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो। स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन। स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो।
साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए। महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन। 

शनिबार पनि दिनभर स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेन। स्थानीयको चौतर्फी विरोधपछि महानगर आज विहानै उक्त ठाउँबाट डोजर हटाएको हो। त्यसअघि  गत जेठ पहिलो साता सडक डिभिजन काठमाडौं कार्यालयले अनुमति नलिई  फुटपाथ विस्तार गरेको भन्दै महानगरको सामान सडकबाट जफत गर्नुका साथै उक्त सडक आफ्नो   क्षेत्राधिकार  पर्ने भन्दै काम अघि नबढाउन  निर्देशन दिएको थियो। 

महानगरले  सडक डिभिजन  काठमाडौं कार्यालयविरुद्ध  उच्च अदालतमा  मुद्दा दायर गरेको  थियो। अदालतले  महानगरको पक्षमा अन्तरिम आदेश दिएको थियो। आइतबार बिहान नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलका भातृ संस्थाहरुले महानगरको उक्त कामविरुद्ध विरोध गरेका थिए। स्थानीयसँग सल्लाह नगरी डोजर चलाइएको भन्दै विरोध गरेका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको