आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहले महानगरको गुण्डागर्दी रोक्न माग गरेका छन् ।
सांसद साहले टेकुको कवाडमा काम गर्ने मजदूरमाथि महानगर प्रहरीको जत्थाले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै अदालतको आदेश विपरित पटकपटक गुण्डागर्दी गरिएको बताए । उनले महानगरपालिकाको कानूनविपरितको गुण्डागर्दी रोक्न सरकार किन सक्षम छैन भनी प्रश्नसमेत गरे ।
आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए ।
शा बालेनले काठमाडौंमा कार्यरत कवाडी मजदूर तथा व्यवसायीमाथि आक्रमण गरेको भन्दै पटकपटक विरोध गर्दै आएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस