Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई बालेनको आग्रह : मलाई मेयर हो भन्ने बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार दिनुस्

अर्थ संसार

शुक्रबार, ०९ फागुन २०८१, १३ : ०९ मा प्रकाशित

ओलीलाई बालेनको आग्रह : मलाई मेयर हो भन्ने बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार दिनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिए पनि नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन् । नेपाललाई अमेरिका, भारत र चीनले महत्त्व दिन छाडेको बालेनले स्टाटसमा उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्:

प्यारो प्रधानमम्त्री ज्यु,
अमेरिकाले corrupt भनिसक्यो,
ईन्डियाले भिकारी भनिसक्यो,
चिनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस,
नेपाली भएर बाच्ने आधार त दिनुस ? ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको