Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई वर्षमानको प्रश्नः यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १६ : ०६ मा प्रकाशित

ओलीलाई वर्षमानको प्रश्नः यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?

पूर्वअर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा बिचौलियाले खेलेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलियाको प्रवेश भएको धारणा राखेका हुन् ।

उनले भने ,‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो । मैले पनि सकिन । अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ । । म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस । पार्टीहरुले देश चलाइदिनुस् । बिचौलियाहरुले होइन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको