Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, १० : ५२ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सोबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला  लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको