Like us!
Follow us!
Connect us!
Watch us!

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रयाेग गरी हत्या

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, ११ : १९ मा प्रकाशित

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रयाेग गरी हत्या

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। आइतबार राति सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा करिब ८० वर्षीय रायको हत्या भएको हो।

मधेस प्रदेश प्रहरी कार्यालयले राति करिब १ बजेतिर प्रहरीमा खबर आएको बताएको छ। खबर आएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलको काम सकेपछि शवलाई पोष्टमार्टमका लागि मलंगवा पठाइएको भन्दै प्रहरीले अन्य अनुसन्धान भइरहेको जानकारी दिएको छ । घटनामा शंकास्पद व्यक्तिहरूलाई सोधपुछ सुरु गरिएको प्रहरीकाे भनाइ छ।

प्रहरीका अनुसार रायको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको