Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या, आक्रमणकारीले गरे आत्मसर्मपण

अर्थ संसार

शनिबार, ३० असोज २०७८, ०९ : २८ मा प्रकाशित

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या, आक्रमणकारीले गरे आत्मसर्मपण

भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आवद्ध निहाङ समूहका  सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ खुट्टा काटिएको बेवारिसे शव फेला परेको थियो । आत्मसर्मपणपछि पक्राउ परेका सिंहलाई आज नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । 

किसानको शव शुक्रबार साँझ पाँच बजे सडकको एउटा छेउमा फालिएको अवस्थामा फेला परेको थियो । 

मारिएका व्यक्ति पन्जाबका अन्दाजी ३५ वर्षका लखबीर सिंह भएको प्रहरीले जनाएको छ । उनका श्रीमति र तीन छोरी छन् ।  उनको पाशविक हत्या गरेका तीन ओटा भिडियो सार्वजनिक भएका छन् । 

एउटा भिडियोमा लखनबीरको बायाँ हात काटेपछि आक्रमणकारीको समूह उनको शरीर कुच्लिएको देख्न सकिन्छ  । उनको हात र खुट्टा काट्नुअघि उनलाई निर्मम ढंगले कुटपिट गरिएको थियो । शिख धर्मालम्बीहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिबलाई अपमान गरेको आरोपमा उनको पाशविक हत्या गरिएको अनुमान गरिएको छ ।  यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

यसअघि हरियाणाका मुख्यमन्त्री एमएल खातरले दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । उनको पाशविक हत्या गरेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अनिल भिजे र हरियाणा प्रहरी प्रमुखसँगको भेटमा उनले हत्यारालाई कडा कारबाही गरिने बताएका थिए । 

यसैबीच किसानहरुको छाता संगठन संयुक्त किसान मोर्चाले हत्याको निन्दा गर्दै आक्रमणकारी र पीडित दुवै जना आफ्नो संगठनमा आवद्ध नरहेको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको