Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिदै

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, २१ : ४१ मा प्रकाशित

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिदै

बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ ।

उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राती पूर्ण रुपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ । 

669fd307dda96.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको