Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको चौथो त्रैमास: वितरणयोग्य मुनाफा ५७८.३६ प्रतिशतले बढ्यो

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ०८ : ५९ मा प्रकाशित

कामना सेवाको चौथो त्रैमास: वितरणयोग्य मुनाफा ५७८.३६ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको अधिकांश वित्तीय सूचकमा सुधार देखिन्छ। 

खुद नाफा 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असार मसान्तसम्म बैंकले खुद नाफा ६६.९३ प्रतिशतले बढाएको छ। बैंकले 
सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

ब्याज आम्दानी बढ्नुले नाफामा टेवा 

बैंकको यस वर्षको अन्तिम त्रैमासमा खुद ब्याज आम्दानी बढेको छ। बैंकले समीक्षा अवधिसम्म कको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेको हो। 

बढ्यो संचालन मुनाफा 
बैंकले यस अवधिसम्म  ९७ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। अघिल्लो वर्ष यो मुनाफा ६३ करोड ९१ लाख रुपैयाँ थियो। यो ५३.०८ प्रतिशतले बढेको हो। 

निक्षेप संकलन र कर्जा प्रवाह 

बैंकले समीक्षा अवधिसम्म ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा संकलन १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढेको छ।  

इम्प्येरमेन्ट चार्ज
३० करोड ४० लाख रुपैयाँ (अघिल्लो आवको सोही अवधिमा ५२ करोड २६ लाख रुपैयाँ रहेको )

खराब कर्जा अनुपात
३.०९ प्रतिशतबाट बढेर ३.२१ प्रतिशत 

चुक्तापुँजी
३ अर्ब २८ करोड ११ लाख रुपैयाँ

रिटेन्ड अर्निङ
३५ करोड ७८ लाख रुपैयाँ

रिजर्भ
१ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ 

अरु सूचक 

इपिएस
ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ पुगेको छ ।

वितरणयोग्य मुनाफा
३५ करोड ७८ लाख रुपैयाँ (लाभांश वितरण क्षमता करिब ११ प्रतिशत) 

वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट ५७८.३६ प्रतिशतले बढेको हो। 

प्रतिसेयर नेटवर्थ
१६४.४८ रुपैयाँ

प्रतिसेयर कुल सम्पत्ति
२ हजार ४९.१६ रुपैयाँ

मूल्य आम्दानी अनुपात
२२.६३ गुणा

तरलता अनुपात
२४.६९ प्रतिशत  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको