Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफको सञ्चालक बने पूर्वडीसीईओ चन्द

अर्थ संसार

विहीबार, १० साउन २०८१, १० : ३८ मा प्रकाशित

सानिमा रिलायन्स लाइफको सञ्चालक बने पूर्वडीसीईओ चन्द

सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो।

चन्द संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । 

अनुभवी बैंकर चन्द हालै सानिमा बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदबाट अवकाश पाएका हुन् । उनीसँग एनबीएसम्मको शैक्षिक योग्यतासँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंक लगायतमा साढे ३ दशक काम गरेको बैंकिङ्ग अनुभव छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको