Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा रोटरी इन्टरनेशनल डिस्ट्रिकलाई सहयोग

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १२ : १७ मा प्रकाशित

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा रोटरी इन्टरनेशनल डिस्ट्रिकलाई सहयोग

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत् पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौतापत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका छन् । 

सहमतिअनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले रोटरी इन्टरनेशन संस्थालाई  ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये २.५ लाख शौचालय निर्माणका लागि र बाँकी रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुने टिच कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको