स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लगानी गर्दै हुनुहुन्छ ? अध्ययन गर्नुहोस एक विश्लेषण
सोमबार, २५ मंसिर २०७४, ०८ : २०
मा प्रकाशित
अर्थ संसार, काठमाडौं- चालू आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैङ्कले रू. ४८ करोड २५ लाख नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी ४० प्रतिशतले वृद्धि र रू. १ करोड ५ लाख ८५ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।
सोही अवधिमा बैंकको चुक्तापूँजी ४२ प्रतिशतले बढेर रू. ४ अर्ब ५७ लाख र रिर्जभ कोष ६७ प्रतिशतले बढेर रू. ८ अर्ब ५५ करोड पुगेको छ । बैंकले बैदेशिक मुद्रा विनिमयबाट रू. २२ अर्बभन्दा बढि आम्दानी गर्न सफल भएको छ ।
साथै बैंकले पूँजी वृद्धिका लागि १०० प्रतिशत बोनस सेयर र प्रतिसेयर रू. ५ दशमलव २६ नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मङ्सिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो लाभांश वितरणपछि बैङ्कको चुक्तापूँजी रू. ८ अर्ब पुग्ने देखिन्छ ।
वर्गिकरण: वाणिज्यबैंक
पछिल्लो व्यापार मूल्यः रू. २१९७
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ३९५२
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १६३९
१८० दिनको औषत व्यापार मूल्य: रू. २२११.८७
कम्पनीको महत्वपूर्ण अनुपात
व्यवस्थापन समूह:
अध्यक्षः कृष्ण कुमार प्रधान
प्रमुख कार्यकारी अधिकृतः जोसेफ सिलभानुस
प्रधान कार्यालयः नयाँ वानेश्वर, काठमाडौं
वेबसाइटः www.sc.com/np
स्टक टिकरः एससिवि
बैंकको महत्वपूर्ण वित्तिय परिसूचकहरू (रू. हजारमा)
बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा )
महत्वपूर्ण अनुपात
लाभांश विवरण
आधारभूत विश्लेषणः
बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
चुक्तापूँजीको तुलनामा खुद नाफा १२ दशमलव ४२ प्रतिशतबाट घटेर १२ दशमलव शून्य ५ प्रतिशतमा सिमित भएको छ । बैंकको लगानी रू. १६ अर्ब ९९ करोड ९६ लाख रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले रू. ७१ अर्ब ४२ करोड १५ लाख निक्षेप सङ्कलन गरी रू. ३९ अर्ब ८५ करोड १२ लाख कर्जा प्रवाह गरेको छ ।
खुद ब्याज आम्दानी रू. ७० करोड २६ लाख, कर्मचारी खर्च रू. १५ करोड ६३ लाख, अन्य सञ्चालन खर्च रू. ११ करोड १७ लाख र सञ्चालन नाफा रू. ७४ करोड २६ लाख रहेको छ ।
स्थिर सम्पत्ति २१ दशमलव ९७ प्रतिशतले बढेर रू. ९ करोड ५४ लाख र अन्य सम्पत्ति ४४ दशमलव १३ प्रतिशतले बढेर रू. ८६ करोड १२ लाख पुगेको छ ।
बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १८ प्रतिशत रहेको छ । पूँजी कोष लागत ३ दशमलव शून्य ३ प्रतिशत र पूँजी कोष पर्याप्तता २२ दशमलव ९८ प्रतिशत पुगेको छ ।
बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तरलता अनुपात १५ दशमलव ७८ प्रतिशत, प्रतिशेयर आम्दानी(वार्षिक) ४८ दशमलव १८ र मूल्य आम्दानी अनुपात(वार्षिक) ४५ दशमलव ३५ र प्रतिशेयर नेटवर्थ रू. ३ सय १३ दशमलव ४९ रहेको छ । आइतावारको सेयर मूल्य नेटवर्थको ७ गुणा छ ।
प्राविधिक विश्लेषण:
विक्री चापः बैंकको आइतवार कारोबारको अन्तिम समयसम्ममा खरीद चाप भन्दा विक्री चाप करीब ३ गुणा बढि थियो । सो समयसम्म १७ हजार ३ सय ७८ कित्ता विक्री गर्ने माग र ६ हजार २ कित्ता खरीद गर्ने माग थियो ।
आइतवार भएको शेयर कारोबार विवरण:
मैनबत्ती चित्र
७ सेप्टेम्बर २०१७ १० डिसेम्बर २०१७
स्ट्याण्डर्ड डेभिएसन
७ सेप्टेम्बर २०१७ १० डिसेम्बर २०१७
आरएसआई
७ सेप्टेम्बर २०१७ १० डिसेम्बर २०१७
मुभिङ् एभरेज
७ सेप्टेम्बर २०१७ १० डिसेम्बर २०१७
मैनबत्ती विश्लेषणःबैंकको ५६ दिनको कारोबारको अन्तिम दिनमा लङलेग्ड डोजी आकृती बनेको छ । यस आकृतीले आगामी दिनमा शेयर मूल्य घट्ने बढ्ने कुनै सङ्केत देखाउँदैन ।
आरएसआईः बैंकको ५६ दिनको कारोबार अवधिमा ओभरवेट जोन (७१ दशमलव ४३ स्केल)मा छ । खरीद बढेको देखाउँछ ।
स्ट्याण्डर्ड डेभिएसनःबैंकको ५६ दिनको कारोबार अवधिमा ३१ दशमलव ९९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
मुभिङ एभरेजः बैंकको ५६ दिनको कारोबार अवधिमा २६ दिने मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । १४ दिने औसत मूल्यरेखा, र २६ दिने मूल्य रेखाभन्दा हालको मूल्य माथि छ । हालको मूल्य रू. २ हजार १ सय ९७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ हजार २ सय ५ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. २ हजार १ सय २० मा टेवा पाउन सक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस