Like us!
Follow us!
Connect us!
Watch us!

के हो सेयर बजारमा लगाइने सर्किट ब्रेक ? किन र कतिबेला लगाइन्छ ?

अर्थ संसार

आइतबार, १३ साउन २०८१, १६ : ४७ मा प्रकाशित

के हो सेयर बजारमा लगाइने सर्किट ब्रेक ? किन र कतिबेला लगाइन्छ ?

आज दुई पटक सकारात्मक सर्किट लागेको सेयर बजारमा उत्साहको माहोल सिर्जना भएको छ । कारोबार सुरु भएको एकमिनेटमा बजार ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो भने पुन खुल्ने वित्तीकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भएको थियो । सो पश्चात बजारमा निरन्तर कारोबार भयो यसरी अन्तिममा ४.४१ प्रतिशतले बढेर २६८१.५६ बिन्दुमा पुगेर बन्द भयो । आज १५ अर्ब ८१ करोडको कारोबार भयो । 
मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज र ब्याजदर बढ्न नदिने ब्यवस्था भएसँगै मार्केटमा सकारात्मक सर्किट लागेको हो ।

मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्यो । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने अपेक्षामा बैंकको सेयर मूल्य वृद्धि भएको छ । बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ । वाणिज्य बैंकमा आएको वृद्धिले आज दोहोरो चरणसम्म सर्किट लागेको छ ।
बजारले नयाँ रेकर्ड राख्ने तर्क जानकारहरुले गर्दै आइरहेको छन् । अर्थमन्त्री विष्णु पौडेल आएदेखि खुसीयाली आएको बजारमा मौद्रिक नीतिले थप राहत दिएको हो ।

यस्तै सेयर कारोबार गर्नका लागि आवश्यक डिम्याट खाता नेपालमा ६३ लाख वटा खोलिएको छ । तर यी डिम्याट खाता प्रयोगकर्तामध्ये कतिपयलाई सर्किट ब्रेकका बारेमा जानकारी नहुन पनी सक्छ । 

सामान्य भाषामा भन्दा सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगित गर्ने प्रक्रिया नै सर्किट ब्रेक हो ।अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ देखि सर्किट ब्रेकको व्यवस्था गरेको छ । २०६४ अघि सेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन ।

समग्र बजारमामात्रै होइन सर्किट ब्रेकको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेक लगाइन्छ ।एकैदिन कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन । कम्पनीको मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिदैन ।

कसरी हुन्छ त कारोबार बन्द ?
हाल नेप्सेमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कारोबार सुरुआत भएको पहिलो घन्टा १२ बजेसम्म ४ प्रतिशतले बजार तलमाथि भएमा २० मिनेट कारोबार बन्द गरिन्छ। त्यसपछि खुलेको बजार फेरि १ बजेभित्र यदि ५ प्रतिशतले तलमाथि गर्छ भने ४० मिनेटका लागि नेप्सेले कारोबारमा रोक लगाउँछ। त्यसपछि पनि खुलेको बजार यदि २ बजेभित्र ६ प्रतिशतले तलमाथि गर्छ भने पूरै दिनभरका लागि कारोबार बन्द गरिन्छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको