Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्वको तनाव चुलिएसँगै अमेरिकी सेयर बजार घट्यो, डिफेन्स स्टक भने उकालो

अर्थ संसार

शनिबार, ३१ जेठ २०८२, ०९ : २७ मा प्रकाशित

मध्यपूर्वको तनाव चुलिएसँगै अमेरिकी सेयर बजार घट्यो, डिफेन्स स्टक भने उकालो

इजरायल र इरानबीचको तनाव पुनः चर्किएपछि अमेरिकी सेयर बजार शुक्रबारको कारोबारमा तीव्र गिरावटमा बन्द भएको छ। इरानले इजरायलमाथि प्रतिआक्रमण गरेपछि वॉल स्ट्रीटमा लगानीकर्ताको मनोबल घटेको देखिएको हो।

डाउ जोन्स इन्डस्ट्रियल एभरेज १.७९% ले घटेर ४२,१९७.७९ मा बन्द भयो। एसएण्डपी ५०० १.१३% ले घटेर ५,९७६.९७ मा पुग्यो भने प्रविधिमुखी नास्ड्याक सूचकांक १.३०% ले घटेर १९,४०६.८३ मा झर्‍यो।

यस साताको सम्पूर्ण हिसाबमा डाउ जोन्स १.३%, एसएण्डपी ५०० ०.४% र नास्ड्याक ०.६% ले कमजोर देखिएका छन्।

एसएण्डपी ५०० का ११ मध्ये १० वटा क्षेत्रीय उप–सूचकहरू ऋणात्मक देखिए। सबैभन्दा धेरै गिरावट वित्तीय क्षेत्रमा २.०६% र प्रविधि क्षेत्रमा १.५% को रह्यो। घट्ने स्टकहरू उकालो लाग्ने स्टकको तुलनामा ६.१ गुणा बढी थिए।

तनावले विश्व बजारलाई बनायो अस्थिर

तेलअविभ र यरुशलममा मिसाइल आक्रमण तथा साइरनको गडगडाहटले लगानीकर्तामा भय उत्पन्न गर्‍यो। इजरायलले इरानका आणविक तथा मिसाइल निर्माण केन्द्रहरूमा गरेको आक्रमणको जवाफमा इरानले प्रतिआक्रमण गरेपछि स्थिति थप तनावग्रस्त भएको हो।

यो सशस्त्र द्वन्द्वले विश्व बजारमा दबाब बढाएको छ। अमेरिकी डलर सूचकांक ०.५% ले उकालो लागेर ९८.१६ मा पुगेको छ भने १० वर्षे अमेरिकी ट्रेजरी यिल्ड ५.६ बेसिस पोइन्टले बढेर ४.४१३% मा पुगेको छ।

तेलको मूल्य सात प्रतिशतले उकालो

तेल आपूर्तिमा अवरोध हुने डरले कच्चा तेलको मूल्य ७% ले बढेको छ। यसले उड्डयन क्षेत्रलाई ठूलो असर पारेको छ। डेल्टा एयरलाइन्स ३.८%, युनाइटेड एयरलाइन्स ४.४% र अमेरिकन एयरलाइन्सको सेयर ४.९% ले घटेको छ।

प्रमुख कम्पनीहरूको प्रदर्शन

एनभिडिया २.१% ले घट्यो, एप्पलको सेयर मूल्य १.४% ले घट्यो। भिसा र मास्टरकार्ड दुवै ४% भन्दा बढीले ओरालो लागे। एডोबको सेयरमा ५.३% को गिरावट देखिएको छ भने अर्कोतर्फ, ओरेकलको सेयर ७.७% ले बढ्दै नयाँ कीर्तिमानमा पुगेको छ।

डिफेन्स र उर्जा क्षेत्रको चमक

मध्यपूर्व तनावको असर डिफेन्स कम्पनीहरूको सेयरमा सकारात्मक देखिएको छ। लॉकहिड मार्टिन, RTX कर्पोरेशन र नर्थरप ग्रुमनको सेयर ३% भन्दा बढीले बढेको हो।

ऊर्जा क्षेत्रका स्टक पनि बढेका छन्। एक्सन मोबिलको सेयर मूल्य २.२% र डाइमन्डब्याक एनर्जीको सेयर ३.७% ले बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको