Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी आक्रमणपछि इजरायली सेयर बजार नयाँ कीर्तिमानी उच्चतामा, लगानीकर्ताको आत्मविश्वास बढ्दो

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ०७ : ४३ मा प्रकाशित

अमेरिकी आक्रमणपछि इजरायली सेयर बजार नयाँ कीर्तिमानी उच्चतामा, लगानीकर्ताको आत्मविश्वास बढ्दो

अमेरिकाले ईरानका प्रमुख आणविक केन्द्रहरूमा गरेको हवाई आक्रमणपछि इजरायलको सेयर बजारमा तीव्र उछाल देखिएको छ। लगानीकर्ताले यस कदमलाई क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र ईरानको आणविक महत्वाकांक्षा रोक्ने उपायका रूपमा लिएपछि बजारमा विश्वास पुनःस्थापित भएको देखिएको हो।

तेलअभिवको प्रमुख सूचकांक Tel Aviv 125 (TA-125) सूचकांक आइतबार १.८% ले बढ्दै नयाँ रेकर्डमा पुग्यो। पछिल्लो एक हप्तामै यस सूचकांकमा करिब ८% को वृद्धि भएको छ। त्यस्तै TA-35 (ब्लूचिप सूचकांक) पनि १.५% ले उकालो लागेको छ।

आक्रमणपछि पाँच दिन लगातार बजार उकालो
इजरायली सेनाले जुन १३ देखि ईरानका आणविक केन्द्र, मिसाइल कारखाना र सैन्य कमाण्डरहरूलाई लक्षित गरी आक्रमण सुरु गरेपछि बजारमा सकारात्मक संकेत देखिएको हो। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति ठूलो मात्रामा बंकर बस्टर बम प्रयोग गरी ईरानका मुख्य आणविक साइटहरू ध्वस्त पारेको दाबी गरेका छन्।

तेहरानले इजरायलप्रति मिसाइल आक्रमण गर्दै जवाफी कारवाही गरे पनि, बजारमा यो घटनाले खास नकारात्मक प्रभाव पारेको देखिएको छैन। तेलअभिवमा केही भवन ध्वस्त हुनु र मानिस घाइते भए पनि लगानीकर्ताहरूले स्थिति स्थिर रहन्छ भन्ने विश्वास व्यक्त गरेका छन्।

बजारमा शेयर मात्र नभई सरकारी ऋणपत्र (बॉन्ड) को मूल्य पनि आइतबार ०.२% ले बढेको छ। इजरायली मुद्रा शेकेल ले पनि अमेरिकी डलरको तुलनामा बलियो स्थिति बनाएको छ। जुन ११ मा १ डलर बराबर ३.६१ शेकेल भएकोमा शुक्रबारसम्म त्यो ३.४८ मा झरेको छ।

Mizrahi Tefahot Bank का प्रमुख अर्थशास्त्री रोनेन मेनाखेम भन्छन्, “ईरानको सैन्य र आणविक संरचनामा आएको ध्वंसले दीर्घकालीन हिसाबले क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउनेछ, जसले लगानीकर्तालाई नयाँ अवसर दिन सक्छ।”

उनको भनाइमा, “साउदी–अमेरिकी रणनीतिक साझेदारी बलियो बन्ने सम्भावनाले पनि बजारमा आशा थपेको छ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको