Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ आजको मौसम पूर्वानुमान ?

अर्थ संसार

सोमबार, १४ साउन २०८१, ०७ : ३९ मा प्रकाशित

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

हाल देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी  देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको