Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ:गृहमन्त्री

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १६ : ०३ मा प्रकाशित

सहकारी समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ:गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए ।

उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

यस्तै छानविन समिति संयोजक सुर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको