Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले उठाउन थाल्यो आन्तरिक ऋण,१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १२ : ०० मा प्रकाशित

सरकारले उठाउन थाल्यो आन्तरिक ऋण,१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो ।

सोही क्रममा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने भएको हो ।

उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् ।
साउन १६ गतेका दिन बोलकबोल हुने ऋणपत्र साउन १७ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको