Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १४ : ५८ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाडौंको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।  

उल्लेखित मितिभित्र सेयर खरिदका लागि  कुनै पनि आवेदन पेश नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको