Like us!
Follow us!
Connect us!
Watch us!

ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १६ : ०९ मा प्रकाशित

ग्राहकको एक करोड १७ लाख अपचलन गरी  प्रभु बैंकका मेनेजर फरार

ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी  बैंक मेनेजर फरार भएका छन्।

झापा बिर्तामोडको प्रभु बैंकमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

बिर्तामोड –५ स्थित मम फ्याक्ट्रिका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती  मन्जु नेपालका नाममा रहेको  प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए।

बिर्तामोड  निवासी नेपालले  श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा  एक करोड १९ लाख रुपैयाँ  जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो  खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उनको भनाइ छ।

बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका छन्।

मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ। त्यसबारे बैंकका प्रबन्धक गणेशबहादुर बरालले  नेपालले  व्यक्तिगत उजुरी हालेको बताउँदै बैंकले पनि केन्द्रबाटै छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया सुरु गर्ने बताएका छन्।

66ab6b507c02c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको