Like us!
Follow us!
Connect us!
Watch us!

किमको तौल बढेको दाबी

अर्थ संसार

विहीबार, १७ साउन २०८१, २१ : २७ मा प्रकाशित

किमको तौल बढेको दाबी

उत्तर कोरियाका शासक किम जोङ उनको तौल फेरि बढेको छ । मिडिया रिपोर्टका अनुसार किमलाई उच्च रक्तचाप र मोटोपनासँग सम्बन्धित मधुमेह जस्ता स्वास्थ्य समस्याहरू देखा परेको छ र उनका अधिकारीहरूले उनको उपचारको नयाँ विधि खोजिएको उल्लेख गरिएको छ ।

अत्यधिक मद्यपान र धुम्रपानका लागि परिचित ४० वर्षीय किमको परिवारलाई हृदय रोगको इतिहास छ । किमका बुवा र हजुरबुवा दुवैको हृदयघातका कारण मृत्यु भएको थियो । किम भन्दा पहिले दुबैले उत्तर कोरियामा शासन गरेका थिए ।

केही विज्ञहरूका अनुसार किम करिब १७० सेन्टिमिटर (५ फिट, ७ इन्च) अग्ला रहेका छन् । यसअघि किमको तौल १४० किलोग्राम (३०८ पाउण्ड) थियो । यसपछि २०२१ मा उनले आफ्नो डाइट परिवर्तन गरेर तौल घटाए तर अहिले मिडिया फुटेज हेर्दा उनको तौल फेरि बढेको देखिन्छ ।

किमको जीवनशैली र खानपान निकै रोचक छ । किम जीवनशैलीमा महँगो रक्सी, विशेष चुरोट र विदेशबाट आयात गरिएको मासु समावेश छ । उनलाई मदिराको लत रहेको दाबि समेत गरिएको छ ।

रिपोर्टका अनुसार किमलाई गाईको दूध र सर्पको वाइनबाट बनेको चीज मनपर्छ । यस बाहेक उनलाई जापानी परिकार सुशी र साम्पेन पनि मन पर्छ । किमलाई जापानबाट आयात गरिएको कोब मासु मनपर्छ, कोब मासु संसारमा सबैभन्दा महँगो र कम उपलब्ध मासु हो । यसका साथै किमलाई डेनमार्कको उच्च गुणस्तरको सुँगुर र इरानको क्याभियर खान पनि मन पर्छ ।

रिपोर्टका अनुसार किमलाई ब्ल्याक लेबल स्कच ह्विस्की र हेनेसी ब्रान्डी पिउन मन पराउनका लागि हरेक वर्ष औसत २०० करोडको रक्सी अन्य देशबाट उत्तर कोरियामा आयात गरिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको